Saturday, March 9, 2013

टेक्नोलोजी को गफ हान्ने ब्लग हो भनेर त ठुला ठुला गफ हानियो, तर के चाही लेख्ने होला त भन्ने कुरा ले पो दिमाख खायो त, यो गरम कि त्यो गरम भन्ने दुबिधा ले नै मेरो बल्ग लेखाइ को केहि हप्ता, मैना, अनि वर्ष नै खासै अर्थपूर्ण कुरा नगरी नै जाला जस्तो छ| २००७ सात साल तिर एउटा साथीले हटमेल खोलिदिएर सुरु गरेको मेरो इन्टरनेट यात्रा आज सम्म आइपुग्दा पक्कै पनि के हि सुधार त भएकै छ| याहू र हटमेल का दुखद पूर्ण अधोगति पछि गुगल का सबै जसो उत्पादन हरुको राम्रो प्रयोग कर्ता भै आएको छु, सबै भन्दा बढी जिमेल, गुगल बुक्स, र गुगल स्कलर को प्रयोग गर्ने गरेको छु}| Android फोन को प्रयोग गर्दा सम्म चाही गुगल प्ले पनि निकै प्रयोग गरियो, अहिले चाही तेस्को प्रयोग सुन्य प्राय नै छ| आउटलुक पनि राम्रै इमेल हुनुपर्छ भन्ने विश्वास छ, तर त्यसको पनि तेती भेउ पाउन सकेको छैन, तर जिमेल चाही साच्चीनै राम्रो इमेल सिस्टम हो भन्ने कुरामा चाही खासै दुइ मत नहोला| गुगल क्रोम पनि निकै नै प्रयोग गरिन्छ, यसको वेब स्टोर मा भएका लाखौ एप्स हरु पनि निकै नै मज्जाका छन्, त्यस मध्ये मनपर्ने चाही एड बल्क प्लस हो, यो चाही साच्ची नै मज्जाको छ| जता ततै एड आएर दिक्क बनाउने गरेको क्रम राम्रै संग तोडियो,जब देखि एड ब्लक प्लस चलाउन थालियो| मलाई मन पर्ने अर्को चै स्क्रीन क्याप्चर हो जुन चाही वेब मा भेटिएका आफुलाई मन पर्ने क्लिप हरु काटेर फेसबुक मा पोस्ट गर्न होस् वा ब्लग बनाउन होस्, निकै नै उत्पादक हुने माने मैले, कसैले प्रयोग गर्नु भएको छैन र प्रयोग गर्न चाहनु हुन्छ भने पक्कै पनि सहयोग को लागि आग्रह गर्न सक्नु हुन्छ| फेरी अर्को बल्ग मा भेटौला है त|

Friday, March 8, 2013

खोई, सुरु गरेको दुइ दिनमै घाडो पो भयो त बल्ग त, येही बेलामा असार छ कामको, काम पनि कस्तो कस्तो, कुकुर ब्यस्त भाको जस्तो , काम पनि छैन, फुर्सद पनि छैन| टेक्नोलोजीको बारेमा खोक्ने हो ब्लग हो भनेर खोकिएकै छ भला टेक्नो गफ हान्न पनि के नमिलेको के नमिलेको जस्तो लागिराछ| खैर खुसीको कुरा स्क्याईप ले आफ्नो नया रुप रंग फेरेछ, Window 8 मा हुने लुक यता पनि ल्यायेछ भनेसी अब को स्क्याईप् को अनुभब चाही झन आकर्षक होला जस्तो छ| स्क्याईपको बारेमा अलिकति खोकु कि भनेर हिजो स्क्रीन क्याप्चर वाला सफ्टवेयर डाउनलोड पनि गरे, तर आवाज नै आएको छैन, आयो भने ठिकै छ, होइन भने आर्को आवाज आउने खालको सफ्टवेयर खोज्नु पर्ला गुगल गरेर अनि यु-ट्युब मा भिडियो राख्नु पर्ला, अनि यता ब्लग मा ल्याएर टास्नु पर्ला, अनि ट्वीटर गर्न पर्ला नि त गाठे, कसैलाई यो चाही को बारेमा भन्दिए हुन्थ्यो नि भन्ने छ भने कमेन्ट ठोकम, म प्रयास गरुम्ला नि त हाउ| हुन्छ त आज लाई यति नै| जदौ|

Wednesday, March 6, 2013

अज्ञात का Tweet हरु

Tuesday, March 5, 2013

थुक्क! तेत्ति पनि नजानेर ......

यो टेक्नोलोजी भन्ने कुरा पनि गज्जब कै छ बा!  दिनानुदिन नया कुरा आएकै छ , के मात्रै सिक्ने , के मात्रै जान्ने, कति मात्रै पढ्ने, कति मात्रै बुझ्ने | जति बुझ्यो तेत्ति मज्जा छ र त मान्छे रमाउछ नि त फेरी यो जिनिस मा| म पनि यो नव आधुनिक युगको अलौकिक उपहार बाट  साच्ची नै प्रभावित छु, र त केहि न केहि नया कुरा Try गरि रहन मन लाग्छ|

तर कुरा कहाको हो भन्दा खेरि , यो भाइबर भन्ने फ्री कलिंग सफ्टवेयर को हो, मेरो साथी भन्छ मैले तलाई भाइबर मा कल गर्ने प्रयास गरे तर तँ  त छैनस त हो भाइबर मा| मैले यो जिनिस मा मान्छे संग गफिन थालेको वर्षदिन भै सक्यो होला, उ चाही मलाई भेट्दिन मात्रै भन्दैन तैले भाइबर चलाउन सिक भन्ने ठाडो आदेश दिन थालेको छ| मैले पनि उसको नम्बर भाइबर मा एड गरेर हेरे, तर अचम्म उ पनि त्यहाँ छ भन्ने जानकारी मलाई सफ्टवेयर ले दिदैन, जबकी भाइबर को त्यो एउटा जन्मजाते कार्य ( Built in function) हो भन्ने पनि मलाई पहिले देखि नै थाहा थियो| अब कुरो को चुरो पत्त्ता नलगाई भएन भनेर आज चाही गुगल लाइ सोध्ने विचार गरे र थाहा पाए कि

अन्तरास्ट्रिय नम्बर लाइ एड गर्दा अगाडी + हान्नु नै पर्ने रहेछ, नत्र भाइबर ले त्यो नम्बर लाइ कि त सहि मान्दैन कि त सहि हो भन्ने छुट्याउन जान्दैन, तेसरी नै यो प्रोग्राम बनाइएको रहेछ|
जस्तो कि नेपाल को कुनै नेपाल टेलिकमको पोस्ट पेड नम्बर लाइ एड गर्नु पर्यो भने +97795111xxxxx र प्रि पेड नम्बर लाई गर्नु पर्यो भने +9779841xxxxxx  गर्नु पर्ने रहेछ, नत्र त साइला मेरै चाल होला है| अरु केहि जिज्ञासा भए तल कमेन्ट को बाकस मा सोधी पठाउदा पनि हुन्छ भन्ने जानकारी गराए है त |

श्री गणेश

पहिलो पटक ब्लग को सुरुवात गरु भनेर लागेको पनि धेरै नै भै सकेछ, आज त गर्छु गर्छु भनेको पनि कति हो कति भै सक्यो, अब त भएन हो, भ्यागुता हो कि छेपारो को उखान भन्दा पनि बढी नै भयो हो, आज त गरे गरे भनेर आज चाही साचिकै गर्दै छु| तर बिडम्बना नै मान्नु पर्छ पहिलो गास मा खासै गतिलो सुरुवात हुन सकेन| ब्लगको ठेगाना को ठेगान लागेपछि मुलुकको पनि नाम चाहिन्छ भन्यो, अनि मुलुक को नाम खोज्न लागेको त , क्यार्नु र रिस त उठेकै थियो नि, रिसाएर मात्रै नहुने, आफ्नै देश को नाम छैन भन्या| नेपालमा गुगल को उत्पादन हरुको प्रचारात्मक अभियान थालेको कम्पनि अझै पनि नेपाल र नेपाली भाषाको महत्व नदिएको देख्दा पो झोक चलेर आउछ भन्या| खैर , जे होस् बल्ग तयार भो, अब चाही यस्तै गन्थन हरु पस्की नै रहनेछु | हेरौ कत्तिको नियमित हुन सकिन्छ, सकियो भने त ठिकै हो, नत्र , नत्र पनि बाल भयो र भन्या |