यो टेक्नोलोजी भन्ने कुरा पनि गज्जब कै छ बा! दिनानुदिन नया कुरा आएकै छ , के मात्रै सिक्ने , के मात्रै जान्ने, कति मात्रै पढ्ने, कति मात्रै बुझ्ने | जति बुझ्यो तेत्ति मज्जा छ र त मान्छे रमाउछ नि त फेरी यो जिनिस मा| म पनि यो नव आधुनिक युगको अलौकिक उपहार बाट साच्ची नै प्रभावित छु, र त केहि न केहि नया कुरा Try गरि रहन मन लाग्छ|
तर कुरा कहाको हो भन्दा खेरि , यो भाइबर भन्ने फ्री कलिंग सफ्टवेयर को हो, मेरो साथी भन्छ मैले तलाई भाइबर मा कल गर्ने प्रयास गरे तर तँ त छैनस त हो भाइबर मा| मैले यो जिनिस मा मान्छे संग गफिन थालेको वर्षदिन भै सक्यो होला, उ चाही मलाई भेट्दिन मात्रै भन्दैन तैले भाइबर चलाउन सिक भन्ने ठाडो आदेश दिन थालेको छ| मैले पनि उसको नम्बर भाइबर मा एड गरेर हेरे, तर अचम्म उ पनि त्यहाँ छ भन्ने जानकारी मलाई सफ्टवेयर ले दिदैन, जबकी भाइबर को त्यो एउटा जन्मजाते कार्य ( Built in function) हो भन्ने पनि मलाई पहिले देखि नै थाहा थियो| अब कुरो को चुरो पत्त्ता नलगाई भएन भनेर आज चाही गुगल लाइ सोध्ने विचार गरे र थाहा पाए कि
अन्तरास्ट्रिय नम्बर लाइ एड गर्दा अगाडी + हान्नु नै पर्ने रहेछ, नत्र भाइबर ले त्यो नम्बर लाइ कि त सहि मान्दैन कि त सहि हो भन्ने छुट्याउन जान्दैन, तेसरी नै यो प्रोग्राम बनाइएको रहेछ|
जस्तो कि नेपाल को कुनै नेपाल टेलिकमको पोस्ट पेड नम्बर लाइ एड गर्नु पर्यो भने +97795111xxxxx र प्रि पेड नम्बर लाई गर्नु पर्यो भने +9779841xxxxxx गर्नु पर्ने रहेछ, नत्र त साइला मेरै चाल होला है| अरु केहि जिज्ञासा भए तल कमेन्ट को बाकस मा सोधी पठाउदा पनि हुन्छ भन्ने जानकारी गराए है त |
No comments:
Post a Comment